समाचार

पोखरा प्रहरी हिरासतमा रहेका रवि विरुद्ध काठमाडौँमा पनि पक्राउ पुर्जी

२ मङ्सिर, काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले आज पक्राउ पुर्जी जारी गरेका हुन् ।

काठमाडौँ जिल्ला अदालतले सभापति रवि लामिछाने र पुर्व डिआईजी छवि बिरुद्द पक्राउ पुर्जी जारी भएका हो । अब जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेलाई काठमाडौं झिकाएर अनुसन्धान गर्नेछ ।