समाचार

झन्डै आधा किलो सुनसहित दुई भारतीय नागरिक समातिए

१ फागुन, काठमाडौँ । प्रहरीले ३१८ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

प्रहरीले नागढुंगाबाट भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकलालाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार काँकडभिट्टाबाट आउँदै गरेको बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसबाट आउँदै गरेका उनीहरूलाई सुनसहित पक्राउ गरिएको हो।