समाचार

कीर्तिपुरको क्रिकेट मैदानमा ठेक्का लाग्यो, झन्डै ८६ करोडमा प्यारापिट र फ्लडलाइट निर्माण हुने

१ फागुन, काठमाडौँ । कीर्तिपुरमा रहेको नेपालको एक मात्र  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ ।

४३ करोड ७७ लाख तथा फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाखको बोलपत्र स्वीकृत भएको सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको हो ।

प्यारापिट निर्माणको ठेक्का काठमाडौँको टङ्गालमा रहेको BKOI-KCDC-BG जेभीले पाएको छ । त्यस्तै फ्लडलाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको हो ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ बोलपत्र स्वीकृतको सूचना प्रकाशित गरिएको हो ।