२ फागुन, काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. कृष्णप्रसाद पौडेललाई नियुक्त गरेको छ।
विधानको धारा ३६ (घ) बमोजिम पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको प्रशिक्षणतर्फको निर्देशक पदमा पौडेललाई नियुक्त गरेका हुन् ।
पौडेल कास्कीका नेता हुन्। उनी हाल काठमाडौँमा रहेर पार्टीको प्रशिक्षण कार्यहरूमा सक्रिय थिए । यसअघि उनले पार्टीको शिक्षा विभागमा समेत सदस्य सचिव भएर काम गरेका थिए ।
त्यस्तै, उपसभापति खड्काले अनुसन्धानतर्फको निर्देशकमा चितवनका डा. सञ्जय महतो थारुलाई नियुक्त गरेका छन् ।





