५ फागुन , काठमाडौँ। आइतबार बेलुकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ हलेसी बजारका विभिन्न घरमा भएको आगलागिबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार अबेर राती मात्रै आगो नियन्त्रणमा आएको हो।
आगलागी स्थानीय पदमशेर राईको घरबाट सुरु भएको थियो भने उनको घरको पहिलो तलामा रहेको हार्डवेयर पसल र निर्धन उत्थान लघुवित्तको कार्यालय जलेर पूर्णरुपमा क्षति भएको छ।
त्यस्तै आइरख राईको न्यु कल्याण होटल र घर, प्रकाश चन्द्र गिरीको हलेसी दर्शन होटल र भरणशेर राईको पारूहाङ होटलमा समेत आगलागी भएको छ। आगलागीमा करिब ७ करोड ३० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।





