समाचार

लुम्बिनी प्रदेशसभालाई प्रधानमन्त्री ओलीको सम्बोधन: यो प्रदेश अत्यन्त पवित्र छ

५ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी पुण्य भूमि भएको बताएका छन् । आज लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै  ओलीले लुम्बिनी प्रदेश नै पवित्र भएको पनि बताए।  

सम्बोधनको क्रममा भने ‘यो प्रदेश अत्यन्त पवित्र छ। किन भने पूर्वमा नारायणी, पश्चिममा कर्णाली नदी छ। अत्यन्तै प्रतिष्ठित धार्मिक र पुण्य स्थलहरू छन्, विश्वमानव जातिकै लागि शान्ति र करुणा फैलाउने भगवान् बुद्धको जन्म थलो हो यो। यही भूमिमा भगवान् बुद्ध अगाडि कपिलमुनि नामका महा विद्वान दार्शनिक थिए। कपिल आश्रम यसै ठाउँमा छ। लुम्बिनी, रामनगर यस ठाउँमा छ।’

प्रधानमन्त्री ओलीले लुम्बिनीमा यस्ता थुप्रै पर्यटकीय स्थल पनि भएको समेत बताए। उनले पाल्पाको रानीमहलको प्रसङ्ग निकाल्दै रानी महललाई तेज महल भएको बताएका हुन् । उनले भने, ‘भारतमा ताज महल छ। यहाँ तेज महल छ।  रानी तेजकुमारीको स्मृतिमा बनेको थियो रानी महल।’