६ फागुन, काठमाडौँ । ललितपुर महानगरपालिका–१९ लगनखेलमा एक पुरुष मृत फेला परेका छन् । घरको पाँचौँ तलामा फेला परेका मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर हुन् ।
उनी लगनखेलमा राजु अवाले नाम गरेका व्यक्तिले सञ्चालन गरेको भैरव लुम्बिनी तन्दुरी भोजनालयमा काम गर्दै आएका थिए ।
मानन्धर सोही घरको पाँचौँ तलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।





