२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ। गएराति २ः५८ बजे काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। आलम मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।





