बैंकिङ

सानिमा बैंकको सीईओमा पवन कुमार आचार्य नियुक्त

काठमाडौं, २५ कात्तिक । सानिमा बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको कात्तिक २४ गते दिउँसो बसेको बैठकले आचार्यलाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका विद्यमान प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गतेबाट समाप्त हुने भएपछि आचार्यलाई माघ १२ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ पदमा नियुक्त भएका हुन्।

आचार्य हालसम्म सानिमा बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले बैंकको रणनीतिक योजना, सञ्चालन सुदृढीकरण, डिजिटल सेवा विस्तार तथा वित्तीय स्थायित्वमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।