समाचार

प्रतिनिधिसभा चुनावका लागि दल दर्ताको अन्तिम दिन आज

१४ मङ्सिर, काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि दल दर्ताको समय आज समाप्त हुँदैछ। आयोगले चार दिन समय थप गरेपछि अहिले सम्म १०८ दल दर्ता भइसकेका छन्, जुन २०७९ को ८४ दलभन्दा धेरै हो।

जेनजी आन्दोलनपछि मात्र २३ नयाँ दलले आधिकारिकता पाएका छन् भने १६ दल अझै दर्ता प्रक्रियामा छन्। पछिल्लो समयमा नागरिक बचाउ दल नेपाल, नेपाल जनसेवा पार्टी, प्रगतिशील नागरिक पार्टी, समुन्नत नेपाल पार्टी, जनादेश पार्टी नेपाललगायत दर्जनौँ दल दर्ता भइसकेका छन्।

आज दर्ता प्रक्रिया सकिएपछि चुनावमा प्रतिस्पर्धा गर्ने दलहरूको अन्तिम संख्या निर्धारण हुनेछ।