बैंकिङ

एनएमबि क्यापिटलद्वारा विद्यार्थी लक्षित लगानीकर्ता चेतना कार्यक्रम

३ पुस, काठमाडौँ । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता पहलअन्तर्गत विद्यार्थी लक्षित लगानीकर्ता चेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंसिर २९ गते नुवाकोटको विदुरस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्स्टिच्युटमा कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रम एनएमबि बैंक बट्टार शाखाको सहकार्यमा सम्पन्न भएको हो।

त्यसै दिन काठमाडौँको टङ्गालस्थित श्री टङ्गाल उच्च माध्यमिक विद्यालयमा पनि विद्यार्थीका लागि यस्तै प्रकृतिको कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीलाई पूँजी बजार, लगानीका आधारभूत अवधारणा र बजारका गतिविधिबारे जानकारी गराइएको थियो।

नुवाकोटको कार्यक्रममा कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डीपी प्रमुख मणिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक बिकेश बाडेले सहजीकरण गरेका थिए।

टङ्गालको कार्यक्रममा स्कीम सहायकहरू लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले सहजीकरण गरेका थिए।

कार्यक्रमपछि सहभागी विद्यार्थीहरूले उठाएका जिज्ञासाको अन्तरक्रियामार्फत समाधान गरिएको थियो।