समाचार

धोबीखोलामा हाम फालेपछि बेपत्ता भएकी महिला मृत फेला

२५ असार, काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनालगत्तै खोजी थालेको थियो भने केही समयपछि उनको शव बल्खु कुमारी क्लबभन्दा तल खोलामा भेटिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ती महिला कालोपुल र रातोपुलबीचको धोबीखोलामा हाम फालेकी थिइन्। उनको उमेर करिब ३५ वर्ष रहेको अनुमान गरिएको छ।

हालसम्म मृतक महिलाको परिचय खुल्न सकेको छैन। उनले किन खोलामा हाम फालेकी थिइन् भन्ने कारण पनि यकिन भइसकेको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।