ब्रेकिङ न्युज

सञ्चारगृहअघि गाडी राख्ने योजनाको पछाडि को छ ? मिडिया हाउस नै किन बन्यो निशानामा ?

२९ असार, काठमाडौं । काठमाडौंका प्रमुख सञ्चारगृहका कार्यालय अगाडि एकै समयमा शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाले सुरक्षा र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ। अनलाइनखबर, कान्तिपुर र हिमालय टेलिभिजनका गेट अवरुद्ध हुने गरी गाडी राखिएपछि प्रहरीले ती सवारीसाधन हटाएर अनुसन्धान अघि बढाएको छ।

घटनामा प्रयोग भएका गाडीमध्ये केहीको स्वामित्व र प्रयोगकर्ताको विवरण सार्वजनिक भए पनि गाडी कसले, किन र कस्तो उद्देश्यले त्यहाँ राख्यो भन्ने विषय अझै खुल्न सकेको छैन।

नेपाल पत्रकार महासंघसहित विभिन्न राजनीतिक दल र नेताहरूले घटनाको भर्त्सना गर्दै निष्पक्ष छानबिन, दोषीको पहिचान र कानुनी कारबाहीको माग गरेका छन्। उनीहरूले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।