ब्रेकिङ न्युज

पेट्रोल छर्किएर आफ्नो शरिरमा आगो लगाएका विवेक मण्डलको पनि निधन

३० असार, काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन भएको छ ।

उपचारकै क्रममा राति १२ बजे कीर्तिपुरको बर्न अस्पतालमा उनको निधन भएको हो ।
सर्लाहीकै सांसद अमेरश कुमार सिंहले पनि मण्डलको निधनबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

उनले उपचारमा कुनै कसर बाँकी नराखे पनि मण्डलको निधन भएको बताएका छन् ।

“विवेकको परिवारलाई आफूबाट हुन सक्ने हरेक सहयोग आजीवन गर्ने समेत प्रतिवद्धता व्यक्त गर्दछु,” उनले भनेका छन् ।

अस्पतालका निर्देशक डा। किरण नकर्मीले पनि राति १२ बजे उपचारका क्रममा निधन भएको जानकारी दिए ।