३१ असार, काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको छ।
बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको पारिवारिक स्रोतले जनाएको छ। हाल चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
पारिवारिक स्रोतका अनुसार उपचारपछि शाक्यको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। स्वास्थ्यमा थप सुधार भए पर्सिसम्म अस्पतालबाट डिस्चार्ज गरेर घर फर्काउने तयारी रहेको पनि स्रोतले जनाएको छ।





