३२ असार, काठमाडौं । न्यायपरिषद्ले न्यायपालिकामा व्यापक प्रशासनिक फेरबदल गर्दै उच्च अदालत र जिल्ला अदालतका गरी २०७ जना न्यायाधीशको सरुवा गरेको छ।
बिहीबार बसेको परिषद्को बैठकले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशलाई नयाँ जिम्मेवारीमा खटाउने निर्णय गरेको हो।
एकैपटक यति ठूलो संख्यामा न्यायाधीशको सरुवा भएपछि न्यायपालिकामा व्यापक पुनर्संरचनाको संकेत देखिएको छ। परिषद्ले सरुवासम्बन्धी निर्णयसँगै सम्बन्धित न्यायाधीशहरूको सूची पनि सार्वजनिक गरेको छ।





