खेलकुद

देशको नाममा खेल खेल्न गएका खेलाडी विमानस्थलबाटै गायब !

काठमाण्डौ । नेपालबाट विदेशमा खेल खेल्न जाँदा उतै हराउने खेलाडीहरुको संख्यामा बढोत्तरी भएको छ । पछिल्लो समय त्यो संख्या झनै बढेर गएको बताइएको छ ।  त्यस्तै पछिल्लो समयमा खेल खेल्न भन्दै जापान पुग्ने नेपाली खेलाडीहरु विमानस्थलबाटै गायब हुने गरेको समाचार बाहिर आएको छ  । मैत्रीपूर्ण क्रिकेट खेल्न देशले जापान लगेर उतै छाडिएका खेलाडीहरुमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलासा भएको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैर खेलाडी त्यसपछि एकाएक गायब भएका आजको अन्नपूर्णमा समाचार छ । जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने तय भएको होटेलसम्म पुग्दा नौ गैरखेलाडीमध्ये २ जना मात्रै साथमा थिए । बाँकी सातमध्ये केही विमानस्थल र केही बाटोबाटै अन्यत्र लागेको स्वदेश फर्किएका खेलाडीहरूले बताएका छन् । जापान पुगेर फर्किएका उनीहरूले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र सिनियर राष्ट्रिय टोलीले सोधेको लिखित जवाफमा समेत  गैर खेलाडी विमानस्थलबाटै गायब भएको जानकारी दिएका छन् । फर्किएका खेलाडीका अनुसार विमानस्थल र बाटोबाटै गायब भएका कुनै पनि गैरखेलाडी खेल खेल्न आएनन् भने टोलीको जापान बसाइमा उनीहरुसँग दोस्रोपटक भेटसमेत भएन ।