पु.समाचार

सरकारी वकिल कार्यालयले दिपक मनाङ्गेमाथि गर्यो यस्तो निर्णय !

काठमाण्डौ । गुण्डा नाइकेको रुपमा चिनिदै आएका दीपक मनांगेले संगठित अपराध मुद्धामा उन्मुक्ति पाएको समाचार बाहिर आएको छ । सरकारी वकिलको कार्यालयले मानाङे र उनका सहयोगीविरूद्ध सामान्य मुद्दा दर्ता गरी उन्मुक्ति दिएको हो । प्रहरीले पटक-पटक अनुसन्त्रान म्याद लिएर ६० दिनसम्म हिरासतमा राखी संगठित अपराधको विषयमा अनुसन्धान गर्दै आएको थियो ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले मनाङे र उनका सहयोगीलाई सोमबार काठमाडौं जिल्ला अदालतमा प्रहरी रायभन्दा फरक र फितलो मुद्दा दर्ता गराएको भन्दै मंगलबारको नागरिक दैनिकले समाचार लेखेको छ ।

अदालत उच्च स्रोतका अनुसार मनाङे र उनका सहयोगी राजनकुमार सिंहबाहेक अन्य फरार व्यक्तिबारे समेत सरकारी वकिल कार्यालयले बनाएको मिसिलमा उल्लेख छैन।