पु.समाचार

कांग्रेसभित्र २ शक्तिशाली संगठन कब्जा गर्न होडबाजी

काठमाडौं । नेपाल विद्यार्थी संघको अधिवेशन सकिएसँगै भातृ संगठन तरुण दल र महिला संघको नेतृत्व आफूअनुकुल बनाउन नेपाली कांग्रेसका शीर्ष नेताबीच होडबाजी सुरु भएको छ ।
तरण दल र महिला संघको नेतृत्व कव्जा गर्न काग्रेस सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले गृहकार्य थालेका छन् ।
नेताहरुबीच महिला संघमा भन्दा तरुण दलका आकर्षण बढी देखिएका कारण पनि तरुण दल कव्जाको होडबाजी थप उत्कर्षमा पुगेको छ ।
तरुण दलको २२ जिल्लामा अधिवेशन हुन सकेको छैन । सोमबार दुई जिल्लाको अधिवेशन समपन्न भएका छन् । आगमी २० भदौभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गरिसक्ने निर्णय केन्द्रीय समितिले गरेको छ । आगमी २४ देखि २६ गते पोखरामा तरुण दलको महाधिवेशन हुने कार्यक्रम तय भएको छ ।
सभापति देउवाले तरुण दलको महाधिवेशन गर्न बालकृष्ण खाँड र महिला संघको महाधिवेशन गर्न एनपी साउदको संयोजकत्वमा निर्दैशन समति गठन गरेका छन् ।
तर, खाँड संयोजकत्वका गठित समितमै विवाद देखिएको छ । देउवाले समितिमा विश्वप्रकाश शर्मा र महेन्द्र यादवलाई थप गरेपछि पौडेल पक्षधर नेताहरुले यसको विरोध गरेको भन्दै मंगलबारको राजधानी दैनिकले समाचार लेखेको छ ।