पु.समाचार

नेपाली सेनाको सन्दर्भमा राष्ट्रसंघसँग नेपालले राख्यो यस्तो प्रस्ताव !

काठमाण्डौ । नेपालले शान्ति सेनामा जाने नेपाली सेनाको सन्दर्भमा संयुक्त राष्ट्रसंघसँग नयाँ प्रस्ताव राखेको छ । सरकारले राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सेनाको संख्या दोब्बर पार्न नेपाल तयार रहेको बताएको हो ।

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका उपहासचिव अतुल खेरसँग रक्षामन्त्री बालकृष्ण खाँडले राष्ट्रसंघीय शान्ति सेनामा आफ्नो सेनाको संख्या बढाउने मात्र नभई नेतृत्व लिन समेत तयार रहेको बताए । खेरसँगको छलफलका क्रममा उनले भने, ‘राष्ट्रसंघीय शान्ति सेनामा नेतृत्व लिन नेपाली सेना सक्षम छ ।’
यसेबीच प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रसंघीय शान्ति सेनामा नेपालीहरुको संख्या बढाउनुपर्ने बताएको मंगलबारको अन्नपूर्णमा समाचार छ ।
राष्ट्रसंघका उपमहासचिव खेरसँग सोमबार भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाली सेनाले राष्ट्रसंघ शान्ति मिसनमा कार्यरत रही विश्वका कठिन ठाउँहरुमा शान्ति स्थापनामा गरेको महत्वपूर्ण योगदानको मूल्यांकन गनर्दै नेपालीहरुको संख्या बढाउनुपर्ने धारणा राखेका हुन् ।