समाचार

काठमाण्डौ उपत्यकामा ४ वर्षमा २१ लाख गाडी चालकलाई कार्वाही

काठमाडौं । पछिल्ला वर्ष ट्राफिक प्रहरीले उपत्यकाका तीन जिल्लाबाट मात्र साढे २१ लाख गाडी चालकलाई कारबाही गरेको छ । चार वर्षको अवधिमा ट्राफिक प्रहरीले त्यति धेरै गाडी चालकलाई कारबाहीको दायरामा ल्याएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०६९/७० देखि आव ०७२/७३ को अवधिमा काठमाडौं भझपसर र ललितपुरबाट २१ लाख ३९ हजार ५ सय ९५ जना चालक कारबाहीमा परेका हुन् ।

मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन, तीब्र गति, जथाभावी पार्किङ, दुर्घटना, गाडी तोडफोड, बढी भाडा असुलीलगायत कसुरमा चालक कारबाहीमा परेको महाशाखाले जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

कारबाहीमा परेका चालकबाट ५९ करोडभन्दा बढी जरिवाना असुल गरिएको छ ।

बागमती अञ्चलमित्र साना ठूला गरी करिब १० लाख गाडी दर्तामध्ये उपत्यकामा मात्रै ७० देखि ८० प्रतिशत गुड्छन् ।