पु.समाचार

तराईमा बढ्दो असुरक्षा नेपालको एजेन्डा

काठमाडौं । नेपाल भारत गृह सचिवस्तरीय बैठकमा तराईमा बढ्दो असुरक्षा नियन्त्रणको विषय प्राथमिकताका साथ उठाउने भएको छ ।

तराईमा बढ्दो साना हतियारको विगबिगीमा भारतीय अपराधीको हात रहेको निष्कर्षसहति नेपालले बैठकको एजेन्डाकै रुपमा प्रस्तु गर्न लागेको हो ।
अपहरण तथा फिरौतीमा भारतीय नागरिककै संलग्नतासमेत पाइएपछि गृह मन्त्राललयले प्राथमिकतामा राखेको छ ।
भारतीय भूमिबाट नेपाल लक्षित अपराध हुने गरेको तथा नेपालमा अपराध गरेर भारतीय भूमिमा आश्रय लिने घटना पनि पछिल्लो समय बढेको भन्दै मंगलबारको राजधानी दैनिकले समाचार लेखेको छ ।
सीमा अपराध नियन्त्रणका विषयमा दुईदेशका अधिकारीबीच पटकपटक छलफल हुने गरैको भए पनि कार्यन्वयन पक्ष फितलो देखिएको छ ।