पु.समाचार

गगन थापाले गरे मधेसी दललाई झड्का लाग्ने कुरा

काठमाडौँ– स्वास्थ्य मन्त्री गगनकुमार थापाले मधेसी दलहरुले भने जसरी संविधान संशोधन हुन नसक्ने स्पष्ट पारेका छन्।

काभ्रेको बनेपामा अरनिको यातायात सेवा समितीको ४५ औँ वार्षिक साधारण सभामा बोल्नु हुँदै मन्त्री थापाले तराइका दलहरुले भने जस्तो राजनीतिक रुपमा संविधान संशोधन गर्नुपर्ने कुनै विषय नभएको स्पष्ट पारेका हुन् ।

उनले संविधानले दिएको समयसिमा भित्र नै सबै निकायको निर्वाचन गर्न सबै दलहरु एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । सत्ता कसको भन्दा पनि राज्यलाई संकटमुक्त बनाउँने र संविधान कार्यान्वयन गर्नेतर्फ सबै दलहरुको एकता आवश्यक रहेको मन्त्री थापाको कथन थियो ।