पु.समाचार

३ करोड १७ लाख रुपैयाँ अपचलन गरेको भन्दै एनजीओकर्मी पक्राउ

काठमाडौं । गैरसरकारी संस्थाको आवरणमा अपारदर्शी आर्थिक कारोबार गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थामाथि प्रहरीले अनुसन्धान थालेको छ ।

अनुसन्धानकै क्रममा व्युरोले ३ करोड १७ लाख ४६ हजार रुपैयाँ अपचलन गर्ने बुद्धिष्ट जनअधिकार मञ्च नेपालका अध्यक्ष सकुन शेरचन र महासचिव अमरकान्त चौधरीलाई पक्राउ गरेको छ ।

०७० सालमा दर्ता भएको उक्त संस्थाले भूकम्प प्रभावितका नाममा संकलित रकम राहतब वितरणको किर्ते भर्पाइ बनाएर हिनामिना गरेको पनि बताइएको छ ।

राहत विरतरणको किर्ते कागजात बनाउन कतिपय जिल्ला प्रशासन र गाविसका कर्मचारीमाथि पनि व्युरोले अनुसन्धान थालेको भन्दै बिहीबारको कारोबारमा समाचार लेखिएको छ ।