राजनीति

उम्मेद्वारहरुले अझै वास्ता गरेनन् !

काठमाण्डौ । पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिए पनि अधिकांश उम्मेदवारहरुले आफ्नो खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस नगरेको स्वयम् राजनीतिक दलहरुले स्वीकारेका छन् ।

निर्वाचन आयोगले त्यति धेरै कसीकसाउ नगरेकाले समयमा खर्च विवरण पेस नगरिएको दलहरुको स्वीकारोक्ति छ ।  सोमबारको नेपाल समाचारपत्रमा लेखिएको छ, चुनाव सकिएको ३० दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण पेस गर्नुपर्ने प्रावधान छ ।