समाचार

क्यान्सर पीड़ित वुढाको उपचारका लागि ७० हज़ार १५५ सहयोग हस्तान्तरण, आचार्य भन्छन् ‘मानव सेवा नै धर्म हो’

२५ वैशाख, काठमाडौं । विज्ञान बुढाको उपचारका लागि अहिलेसम्म ७० हजार १५५ रुपैयाँ रकम संकलन भएको छ ।
दुग्द विकास संस्थानमा कार्यरत तथा आर आर क्याम्पस राजनीति शास्त्र चौथो सेमेस्टरमा अधययनरत खिम बुढा मगरका शुपुत्र विज्ञान बुढालाई ब्लड क्यानसर भएपछि उनको उपचारमा आर्थिक अभाव भयो भन्ने सुनेपछि विज्ञानलाई बचाउन अभियान थालिएको थियो।
चौथो सेमेस्टरको परीक्षा सकिएपछि छोराको उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली राजिव गान्धी क्यान्सर हस्पिटल, सेक्टर–छ, रोहिणी पश्चिममा चेक गरेपछि विज्ञानलाई क्यान्सर भएको पुष्टी भएको खिम बुढाले जानकारी दिएका थिए ।
विज्ञान उक्त अस्पतालमा हेमातो अनकोलोजी केयर बेड नम्बर ३६५७ ‘ए’ मा उपचारतः छन् । ब्लड क्यान्सर पीडित विज्ञान बचाउ अभियानका संयोजक बाबुराम आचार्यले आर आर क्याम्पस चौथो सेमेस्टरका बिद्यार्थीको अभियानबाट वा खिम बुढाको क्यूआरमा सोझै रकम सहयोग गर्न सकिने बताए । कलेजमार्फत सहयोग गर्दा कोषाध्यक्ष तपेन्द्र बहादुर थापाको क्युआर कोडमार्फत सहयोग गर्न संयोजक आचार्यले अनुरोध गर्दै आएका थिए । आर्थिक स‌कलनको भुमिका निर्बाह निर्बाह गर्नुभएका तपेन्द्र बहादुर थापाले आज खिम बुढाको खातामा पटक पटक क्यूआर गरेका छन् । आचार्य भन्छन्, ‘मानव सेवा नै धर्म हो’ सहयोग गर्ने भावना हुनेले सीधै खिम बुढाको खातामा जम्मा गर्न स‌ँयोजक आचार्यले आग्रह गरेका छन् । निलकण्ठ गौतम, जयन्ता पोखरेललगायतका ब्यक्तीहरुको सहकार्यमा उक्त रकम संकलन र हस्तान्तरण भएको संयोजक आचार्यले जानकारी दिए ।

अहिलेसम्म संकलित र हस्तान्तरित रकम
१.थानेश्वर बञ्जाडेः रु. १० हजार
२.आश्मा केसीः रु.५, ५००
३.कमला खनालः रु. ५, ००५
४.केशवजंग खत्रीः रु.५००५
५.निलकण्ठ गौतमः रु. ३, १००
६. डा कृपाराम बिश्वकर्माः रु.३०१५ (बिभागीय प्रमुख)
७.गणेश बिँडारीः रु.३०००
८.उन्नती कँडेल आचार्यः रु.२५०५
९.निमेश कुमार ओलीः रु.२५०१
१०जयन्ता पोख्रेलः रु. २०००
११.विशाल कार्कीः रु. २०००
१२.भेषराज घिमिरेः रु.१०००(शिक्षक)
१३.बाबुराम आचार्यः रु १०००
१४.तपेन्द्र बहादुर थापाः रु. १०००
१५. हिमाल चन्द्र बरालः रु १००० (राजनीतिशास्त्र दोस्रो सेमेस्टर)
१६.सुनिता गौतमः रु. १०००
१७.उमेश भण्डारीः रु.१०००
१८.डा टीका ढकालः रु. १०००
१९. सोम सेढाईँः रु.१०००
२०.सुरज नेपालः रु.१०००
२१.सुजन ढुंगेलः रु १०००
२२.गिता गमालः रु १०००
२३.बिना न्यौपानेः रु १०००
२४. जगदीश पोख्रेलः रु.१०००
२५.रविन्द्र श्रेष्ठः रु. १०००
२६.रिना खनालः रु. १०००(नुवाकोट, प्रेश यूनियन, उपसभापति)
२७.लाक्पा तामाङः रु. १०००
२८.सागर तिमिल्सिनाः रु.१०००
२९.राजकुरमार ढकालः रु.१०००
३०.फुर्वा सेर्वाः रु.१०००
३१.सुनम अधिकारीः रु.१०००
३२.सबिन रु.१०००
३३.राजाराम केसीः रु. १००१
३४.अशोक कार्कीः रु २ हजार ५ सय ( अमेरीका, क्यालिफोर्निया)
३५ः शिवराम रिजालः रु २ हजार (शिक्षक)


अहिलेसम्म संकलित हस्तान्तरित रकम जम्मा: ७० हजार १५५

६५ हज़ार ६६५ सहयोग हस्तान्तरणको रसिद