अन्तर्राष्ट्रिय

ब्रिक्स सम्मेलनलाई नै यसरी प्रभावित पारिदियो उत्तरकोरियाले !

काठमाण्डौ । बढ्दो भुराजनीतिक तनावबीच ब्राजि, रुस् भारत, चीन र दक्षिण अफ्रिकाको समुह ब्रिक्सका नेताहरुको सम्मेलन चीनको सियामेनमा जारी छ । सम्मेलनमा विश्वका तीब्र गतिमा अर्थतन्त्रको विकास गरिरहेका ५ देशका नेता एउटै मञ्चमा उभिएका छन् ।

आईतबार सुरु ३ दिने सम्मेलनमा आर्थिक सम्बन्ध सबैभन्दा महत्वपुर्ण मुद्धा हुने बताए पनि उत्तर कोरियाको हाईड्रोजन बम परीक्षणले बैठकलाई प्रभावित पारेको जनाईएको छ । यसले तथा भारत र चीनबीचको सीमाका कारण उत्पन्न तनावलाई समेत ओझेल पारेको सञ्चारमाध्यमले जनाएको छ ।

सम्मेलनको क्रममा खासगरी आर्थिक तथा ब्यापारिक विस्तार कोरियाली प्रायद्धीपमा जारी तनाव, बेल्ड एण्ड रोड ईनिसिएटिभ तथा नयाँ विकास बैंकसम्बन्धी मुद्धा प्राथमिकता साथ उठेका छन् ।

भारतलाई पाकिस्तानकै तनाव

चीनमा जारी सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले उर्जा तथा सीमापार आतंकवादका विषयमा प्राथमिकता साथ उठाएका छन् ।

ब्रिक्सको ९ औं सम्मेलनमा बोल्दै मोदीले भने, उर्जाको सस्तो, भरपर्दो र दिगो पहुँच ने हाम्रो विकासको आधार हो । नवीकरणीय उर्जा खासगरी महत्वपुर्ण छ ।

मंगलबारको कान्तिपुरमा लेखिएको छ, व्रिक्स देशले पाकिस्तानले आंकवादी समुह लस्कर ए—तईवा र जैस ए—मोहम्मले ईस्लामिक स्टटेलाई सहयोग पुर्याएको भन्दै आलोचना गरेका छन् ।