आर्थिक

राजश्व न्यायाधिकरणमा सिलवाल सिफारिश

काठमाडौँ । न्याय परिषद्को आजको बैठकले राजश्व न्यायाधिकरण काठमाडौँमा रिक्त कानून सदस्य एवं अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश किशोर सिलवाललाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।

संविधानको धारा १४३ बमोजिम सिलवाललाई सो पदमा तोक्न सरकारलाई परामर्श दिने निर्णय भएको हो । बैठकबाट उच्च अदालतका विभिन्न १७ न्यायाधीशको काज बिदा समर्थनको पनि निर्णय भएको परिषद्ले जनाएको छ ।