राजनीति

एकाबिहानै कम्युनिष्ट बिरुद्ध यसरी आक्रोशित देखिए काँग्रेस नेता चन्द्र भण्डारी

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य पछिल्लो समयमा सही र गलतलाई खरो रुपमा छुट्याउन थालेका छन् । पार्टीभित्र चाकरीबाद हुर्किरहेका बेला नेता भण्डारी सही र गलतका आधारमा काँग्रेस पार्टीभित्र नेतृत्वमा बस्ने नेताका रुपमा चिनिन थालेका छन् । उनले गलत गरेमा न आफ्नै पार्टीका सभापति शेरबहादुर देउवालाई छाड्छन् न दुईतिहाई मतले सज्जिएका शक्तीसाली कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओली वा जो कोहीलाइ ।

यसै क्रममा उनी भन्छन्, ‘विश्वमा कम्युनिष्टहरु जनता बाट आएका होइन्न । यी माक्सवादी होइन्न् । यिनीहरुलाई जनता चाहिदैन । तर नेपालमा कम्युष्टहरु जनताबाट आएका हुन । केपी ओली नेता भएको कारण परिवर्तन को आशा जनताले गरेका थिए । त्यो अब रहेन ।यसको मत्लव शेरबहादुरहरु ले राम्रो गरे भन्ने होइन । देश बनाउने लक्ष्य कसैको भएन । रोग पत्ता नलगाइ निको पार्न सकिदैन । देश र जनता भन्दा ठुला कोही हुदैन ।’