खेलकुद

निसर्ग स्कुल एनएसए कप च्याम्पियन

काठमाडौं । निसर्ग स्कुल आठौं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा २०७५ टिम च्याम्पियन भएको छ । उसले टिम च्याम्पियनको ट्रफी प्राप्त ग¥यो ।

नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगितामा दोश्रो स्थान प्राप्त गरेको लिंकनले ४९ अंक र तेश्रो भएको राजश्री गुरुकुलले ३७ अंक हात पा¥यो ।

मित्र राष्ट्र चाईनाको ह्वाङ्गजाउमा आयोजना हुने १४ औं फिना बिश्व च्याम्पियनसिपका लागि छनौट प्रतियोगिता समेत रहेको प्रतियोगिताबाट दुई महिला र दुई पुरुषका साथै एक एक बैकल्पिक खेलाडी समेट छनोट गरिएको छ ।

२५ मिटरको सर्टकोर्ष पौडी पोखरीमा भएको प्रतियोगिता अनुसार पुरुष तर्फ फिना अंकको आाधारमा शुभम श्रेष्ठ र अनुभव सुब्बा छनोट हुन सफल भएका छन् । शुभमले ५२१ अंक र अनुभवले ४६५ अंक प्राप्त गर्दै फिना बिश्व च्याम्पियनसिपका लागि छनोट भएका छन् । पुरुष तर्फ बैकल्पिक खेलाडीको रुपमा सैयद हमजा शाह रहे । उनले ४४६ अंक हासिल गरे ।

महिला तर्फ टिशा शाक्य र डुवाना लामा छनोट भए । टिशाले ५१० र डुवानाले ४६४ अंक हासिल गरे । बैकल्पिक खेलाडीको रुपमा छनोट भएकी खेलाडी उपास्ती महर्जनले ४४१ अंक हासिल गरिन् ।

१४ औं फिना वल्र्ड च्याम्पियनसिप मित्र राष्ट्र चाईनाको ह्वाङ्गजाउमा डिसेम्बर ११ देखि १६ सम्म सर्टकोर्ष (२५ मिटरको पुलमा) आयोजना हुँदै छ ।

बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार बितरण गरेका थिए । प्रतियोगितामा १५५ खेलाडीहरुले खुला तर्फ १८ तथा उमेर समूह तर्फ ३३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।