वीरगन्ज । तराईमा चलेको सितलहरलाई मध्यनजर गर्दै घर घरमै पुगेर नगर प्रमुख बिजय कुमार सरावगीले कमबल बाडेका छन् । आइतबार साझ वीरगन्ज महानगरपालिकाको सुगौली र उदयपुर घुर्मी गाउमा पुगेर कम्बर बाडेका हुन् ।
एकल महिला,आर्थिक अवस्था कमजोर भएका दलित,जनजाती तथा मुस्लीम समुदायका व्यक्तिहरुको घरघरमै चिसोबाट जोगीन सल्ला दिदै कम्बल बाडेका हुन् ।वीरगन्जका व्यापरी एवम समाजसेवी रामसर्राफले व्यवस्थापन गरेका लगभग ढेड सय कम्बर नगर प्रमुख सरावगीले सुगौली उदयपुर घुर्मीमा अबेर रातीसम्म बाडेका थिए ।
उनले आफु जनताकै मतबाट चुनिएकोले जनताको हरेक सुख दुखमा जनतार्कै साथमा रहने अभिप्रायले चिसोलाई मध्यनजर गर्दै कम्बल बितरणसंगै भविष्यमा गर्न सहयोगको बारेमा जनताको घरदैलोमा पुगेको बताए । कम्बल बितरण कार्यमा उसंगै समाजसेवी रामसर्राफ,पार्टीका स्थानिय नेता ग्यासुदिन मिया, राजनैतिक सल्लाहकार मुकेश द्धिवेदी,युवा नेता पिन्ट उपाध्याय ,अनुज गुप्ता, असलम अंसारी,बिद्यार्थी नेता अमरनाथ शर्मा,लगात स्थानिय बुद्धिजिवि तथा समाजसेवीहरुको सहभागीता रहको थियो ।





