आर्थिक

सिभिल बैंक लिमिटेडको विविध सामाजिक उत्तर दायित्व कार्यक्रमहरु सम्पन्न

सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे बमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको छ । सो को विवरण यस प्रकार रहेको छ:

सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरुः

१. बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिन देखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १३५४ पिन्टरगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।

 

२. बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका२८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

३. व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ ।

४. लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको छ ।

५. चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि रु २५,००० को आर्थिक सहयोग प्रदान गरेको छ ।

६. बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृस्टीविहिनहरुको सहयोगार्थ १०० थानविशेस छडी प्रदान गरेको छ ।

७. बैंकको ईलाम स्थित मांई जोगमाई शाखामार्फत श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ ।

८. बैंकको झापास्थित सुरुङ्गा शाखामार्फत पुकार डिसएबिलिटि सोसिएल सर्विसलाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ ।

९. बैंकको विराटनगर शाखामार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ ।

१०. सिभिल बैंकको निजगढ शाखाको उद्घाटन समारोहमाश्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाइ १ थान प्रिन्टर प्रदान गरिएको छ ।