९ साउन काठामाडौं । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटाईबाट एक जनाको मृत्यु भएको घटनाका सम्बन्धमा ध्यानाकर्षण भएको भएको छ । साथै घटनाबारे छानबिन विस्तृत शुरु भएको बताएको छ ।
सेनाले एक विज्ञप्ति जारी गर्दै घटनाबारे आन्तरिक छानबिन शुरु गरिसकेको जानकारी दिएको हो । सेनाले अधिकारप्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने जानकारी पनि गराएको छ ।
निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटबाट चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको विषयमा छानबिन शुरु भएको हो ।





