समाचार

चेपाङवस्ती आगजनिमा मन्त्री वस्नेतको प्रतिक्रियाः सामाजिक सञ्जाल हेर्दा आश्चर्य छु

१३ साउन, काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चेपाङवस्ति आगजनि प्रकरणमा दिएको एक अभिव्यक्तिको चौतर्फि आलोचना भएपछि स्पष्टिकरण दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै मन्त्री बस्नेतले चितवनको चेपाङबस्तिमा भएको आगजनिको विषयमा दिएको अभिव्यक्तिको बिरोध भैरहेको प्रति ध्यानाकर्शण गर्दै सामाजिक सञ्जाल हेर्दा आश्चर्य रेको बताएका छन् । उनले केहिदिन अघि चेपाङबिस्तमा घरहरु नभई गोठ जलाईएको बताएका थिए जसको अहिले सामाजिक सञ्जालदेखी चौतर्फि आलोचना भएको छ ।

उनले साउन २ गते चितवन माडी नपाको कुसुमखोला क्षेत्रमा भएको घट्ना सम्बन्धमा कानुन तथा मानवअधिकार समितिमा भएको छलफलका क्रममा उठेका विषय सन्दर्भको अंशलाई लिएर कतिपय सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आएका समाचार र प्रतिक्रिया हेर्दा आश्चर्य लागेको प्रतिक्रिया दिएका छन् ।

लफलको क्रममा घर र गोठको सन्दर्भमा आफुुले भनेको कुरा चेपाङ्ग बस्तिमा काजिमान प्रजाको परिवार बस्ने घरभन्दा अलग्गै रहेको उनकै गोठमा आगजनि भएको र मकै हेर्नका लागि बनाएका अन्य केहि ब्यक्तिको मचानहरु समेत भत्काएको भन्ने प्रारम्भिक रिपोर्ट मन्त्रालयमा प्राप्त भएको भनि भनेको बताएका छन् ।

घट्ना एवं विषयको गंभिरता र संवेदनशिलतालाई ख्याल गरेर मन्त्रालयको तर्फबाट तत्काल छानविन समिति बनाई फिल्डमा खटाईएको र उहाहरुको रिपोर्ट आईसकेपछि मन्त्रालयको समग्र धारणा समितिमा राख्ने कुरा गरेको बताएका छन् । उनले परिस्थितिको गंभिरतालाई ध्यान दिदै कानुन तथा मानवधिकार समितिलाई समेत थप अध्ययनको लागि टिम पठाउनको लागी समेत अनुरोध गरेको बताएका छन् । उनले परिवर्तित समय र परिस्थितिमा आगजनि र हात्तीको प्रयोग उपयुक्त नहुने धारणा पनि ब्यक्त गरेको बताएका छन् ।

उनले स्टाटसमा स्वयं मन्त्रीकै पहलमा मन्त्रालयले छानविन समिति बनाएर पठाएको अवस्थामा उक्त रिपोर्ट नआउदै मन्त्रीले आफ्नो निश्कर्ष प्रस्तुत गर्नु उपयुक्त नहुने कुरालाई ध्यानमा राखेर मेरो ब्यक्तिगत निश्कर्ष र मन्त्रालयको धारणा समितिमा प्रस्तुत गरिएको थिएन । आज मात्र समितीको टोली काठमाण्डौं फर्किएको छ र प्रतिवेदनलाई अन्तिम रुप दिने काममा लागिरहेको छ।अबको २्३ दिन भित्र समितिले प्रतिवेदन पेश गर्नेछ ।

उक्त प्रतिवेदन सहित विभिन्न क्षेत्रबाट भईरहेको अध्ययनको निश्कर्षहरुलाई समेत ध्यान दिदै मन्त्रालयले आधिकारिक धारणा प्रस्तुत गर्नेछ । गल्ति कमजोरीको ढाकछोप होईन उचित कारवाहि गर्न मन्त्रालय सहित सरकार प्रतिवद्ध रहेको व्यहोरा समेत जानकारी गराउंन चाहन्छु । भन्दै स्पष्ट पारेका छन् ।