प्रदेश 2

प्रदेश दुईमा ४८ जनामा देखियो कोरोना

३० साउन, काठमाडौं । प्रदेश दुईका विभिन्न स्थानमा गरी ४८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेहरुमा वीरगञ्जका २४, बाराका २१ महोत्तरीका २ र भारतिय महावाणीज्य दुतावासका ३२ वर्षका एक कर्मचारी रहेका छन् । वीगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा दुई जना महिला चिकित्सक छन् । यस्तै नारायणी अस्पतालका १ जना चिकित्सक,४ जना कर्मचारी, ३ जना सरसफाई कर्मचारी, एकजना कार्यालय सहयोगी र ३ जना सुरक्षा गार्ड रहेका छन् । साथै लक्षण देखिएका र कन्ट्याक ट्रेसिङमा परेर आँफै कोरोना जाँच गराएका ११ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

उता बाराको सिमरामा मात्रै २० जना संक्रमित भएका छन् । जसमा उपमहानगरपालीकाको १२ वटा वडाका २ देखी ५२ वर्षका उमेर समुहका रहेका छन् ।

यो संगै पर्सामा कोरोनाका जम्मा संक्रमित १ हजार १ सय ६५ पुगेको छ । आईसोलेशनको अभावका कारण ४ सय १५ जना अस्पताल बाहिर रहेका छन् ।