आर्थिक

बचावटका लागि राजनीतिक चलखेल भएपनि अन्तत: कालोसूची पर्यो ओम्नी समुह

२९ भदौ, काठमाडौं । बचावटका लागि विभिन्न राजनीतिक चलखेलहरु भएतापनि अन्ततं ओम्नी समुह कालोसुचिमा परेको छ । सरकारले ओम्नी समुहलाई कालोसुचिमा नराख्ने संकेत देखाएपछि यस्को चौतर्फि बिरोध भएको थियो ।

जसका कारण कालो सुचिमा पर्न नदिन राजनीतिक चलखेलका बाजुत ओम्नीलाई कोलो सुचिमा राख्न सरकार बाध्य भएको हो । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सुचना जारी गर्दै विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी ओम्नी बिजनेश कर्पाेरेशन ईनटरनेशनल (ओबीसी)लाई कालो सुचिमा परेको जनाएको छ ।

ओम्नीलाई सरकारले एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालो सुचिमा राखिएको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफसिमा आजदेखी लागुहुने गरी ओम्नीलाई कालोसुचिमा राखेको जानकारी गराएको छ ।

नेपालमा कोरोना संक्रमण देखिन थालेपछि विभागले चिनवाट स्वास्थ्य उपकरण ल्याउन ओम्नी संगै सम्झौता गरेको तर बिना प्रतिस्पर्धा निकै महंगो मुल्यामा उपकरण खरिद सम्झौता गरिएको भन्दै आलोचना भएपछि स्वास्थ्य सेवा विभागले गत चैत १९ गते सम्झौता रद्ध गरेको थियो ।

स्वास्थ्य सामग्री खरिदमा आर्थिक हिनामिना भएको भन्दै विरोध भएपछि विभागले चैत १९ गते ठेक्का सम्झौता रद्द गर्दै जमानत जफत गर्ने र कालोसूचीमा राख्ने सिफारिस गर्ने निर्णय गरेका थियो । सोही निर्णयको ५ महिनापछि सार्वजनिक खरिद अनुगमन कार्यलयले ओम्नीलाई कालोसूचीमा राखेको हो।

विभागले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरेको थियो । साथै, ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको विभागले बताउँदै आएको छ ।

त्यस पस्चात ओम्नीलाई कोलो सुचिमा राखि कारबाहि गर्न भन्दै चौतर्फि माग उठेको थियो । यस्तै सरकारले ओम्नी संगको खरिद प्रक्रियामा भ्रष्टाचार भएको समेत खुलेपछि सरकारले जीटुजी माफर्त औषधि खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।