समाचार

वीरगञ्जमा थपिए २६ जना कोरोना संक्रमित

३० भदौ, वीरगञ्ज । वीरगञ्जमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार नारायणी अस्पतालको प्रयोगशालामा २ सय ९० जनाको स्वाब परिक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा २ जना महिला पनि रहेका छन् । यस्तै संक्रमित हुनेमा रौतहटका २३ जना र बाराका ३ जना बासिन्दा रहेका छन् ।

यस्तै संक्रमित हुनेहरुमा गरुडास्थित राष्ट्रिय वाणिज्य बैंकका चार जनामा कोरोना पोजिटिभ देखिएको छ । यसैगरी गुरुडाकै सिभिल बैंकका पनि ४ जनामा रहेका छन् । सशस्त्र प्रहरी हजमिनियाका दुई जना र गरुडा इलाका प्रहरी कार्यालयमा एक जना संक्रमित थपिएका छन् । माधवनारायण नगरपालिका– ३ र वडा ४ मा एकरएक जनामा कोरोना देखिएको छ । गरुडा नगरपालिकाको विभिन्न वडामा ९ जना संक्रमित थपिएका छन् ।

चन्द्रपुर नगरपालिका– ६ मा एक जनामा कोरोना पुष्टि भएको छ । प्रवक्ता डा.चौरसियाका अनुसार सोमबारको परीक्षणमा वाराको परसौनी गाउँपालिका– २ मा एक जना, जितपुर सिमरा उपमहानगरपालिका– ४ र वडा १२ मा एकरएकजना संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदन तिब्र रुपमा बढ्दै गएको छ ।