३० भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काे व्यवस्था नभएसम्मका लागि परराष्ट्रमन्त्री ज्ञवालीलाई प्रवक्ता तोकेका हुन् ।
सञ्चार मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएर भदौ २० गते बाहिरीएसंगै प्रवक्ताको जिम्मेवारी प्रधानमन्त्री स्वंयमले लिएका थिए । तर आजदेखी ज्ञवालीलाई प्रवक्ता तोकिएको प्रधानमन्त्रीको निजि सचिवालयले जानकारी दिएको छ ।
सञ्चारमन्त्री बाट गोकुल बाँस्कोटाले राजिनामा दिए लगतै अर्थमन्त्री युवराज खतिवडालाई सञ्चारमन्त्री बनाउँदै उनलाई नै प्रवक्ताको जिम्मेवारी दिएका प्रधानमन्त्री ओलीले सञ्चारमन्त्रालयबाट डा खतिवडाले राजिनामा दिएपछि परराष्ट्रमन्त्री ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
सामान्य तया सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने चलन छ ।





