३ असोज, काठमाडौं । कोरोना हटस्पट वीरगञ्जमा एकैदिन ५० वढी कोरोना संक्रमित फेला परेका छन् । ४ महिने शिशुदेखी ६८ वर्षका सहित वीरगञ्जमा एकैदिन ५२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा १ सय २० जनाको स्वाब परिक्षण गरिएकोमा ५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै बरारामा ४५ जना रहेका छन् भने पर्सा ६ र सर्लाहिका १ जना रहेका छन् ।
अस्पतालका प्रवक्ता एवंम वरिष्ठ चर्मरोग विषेशज्ञ डाक्टर अतुलेश चौरसियाका अनुसार संकैमित हुनेमा ११ जना महिलाहरु पनि रहेका छन् ।





