खेलकुद

दिपक मनाङ्गे भने गण्डकीको युवा तथा खेलकुद मन्त्री

१६ वैशाख, काठमाडौं । गण्डकी प्रदेशको मन्त्रीमा दिपक मनाङ्गे नियुक्त भएका छन् । जनमोर्चाका साँसद खिमबिक्रम शाहीलाई अपहरण शैलीमा कोरोना नेगेटिभ देखिएपनि कोभिड अस्पताल राखिएको भन्दै ब्यापक आलोचना भईरहेका बेला साँसद मनाङ्गेलाई मुख्यमन्त्री गुरुङले मन्त्री परिषद सिबस्तार गर्दै युवा तथा खेलकुद मनत्री बनाएका छन् ।
जोड घटाउ तथा मुख्यमन्त्री फेर्ने बिभिन्न घटनाहरुका बिच मनाङ्गे मन्त्री बनेका छन् ।केहीबेरमा नबनियुक्त मन्त्री मनाङ्गेले सपथ लिने मुख्यमन्त्री गुरुङका प्रेश संयोजकले पुष्टी गरेका छन्।