पु.समाचार

त्रिभूवन बिश्वबिद्यालयका सहप्राध्यापक डा भण्डारीको आफैंले चलाएको कार दुर्घटना हुँदा निधन

१६ असार, रुपन्देही । त्रिभूवन बिश्वबिद्यालयका सहप्राधयापक डा शंकर भण्डारीको कार दुर्घटनामा परि निधन भएको छ । त्रिबि खेलकुद निर्देशनालयका निर्देशक शंकर भण्डारीको ५२ बर्षको अल्प उमेरमा नै निधन भएको छ । कारमा अन्य दुईजना पनि सवार रहेपनि उनीहरु सकुशल रहेको नारायण भण्डारीले जानकारी दिएको समाचारमा बताईएको छ ।
आफैं कार चलाईरहेका स्व भण्डारीको कार खोलमा खसेको र घाईते उनलाई स्थानीय गौतमबुद्ध अस्पतालमा पुर्याईएपनि उनको मृत्यु भएको डाक्टरले घोषणा गरेको प्रहरी निरिक्षक सुदर्शन पन्थिले पुष्टी गरेका छन् । स्व भण्डारी नेपाली काँग्रेस केन्द्रीय सदस्य डा चन्द्र्र भण्डारीका भाई हुन् ।