खेलकुद

राष्ट्रिय महिला लिग छनोटमा पुतलीबजारमाथि भक्तपुरको सानदार जित

९ कार्तिक, काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा भक्तपुर नगरपालिकाले पहिलो जित निकालेको छ । भक्तपुरले एन्फा कम्प्लेक्स सातदोबाटोमा आजको पहिलो खेलमा पुतलीबजार नगरपालिकालाई ८–१ ले पराजित गरेको हो ।

भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक पूरा गर्दा, मनिषा बास्कोटा र शिम्रन बस्नेतले दुई दुई तथा अजिता घर्तिमगरले एक गोल गरे । पुतलीबजारका लागि जोस्निका मरासिनीले एक गोल फकाइन् ।

जित हात पारे पनि भक्तपुरका लागि यो केबल सान्त्वनामा मात्र सीमित बन्यो । उसको महिला लिगमा छनोट हुने सम्भवना समाप्त भइसकेको छ ।