खेलकुद

प्रशिक्षक अलमुताईरी नेपाल फर्कने पक्काः थप तिन वर्षे सम्झौता गर्न सहमत

काठमाडौं १० कार्तिक । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी फेरी नेपाल फर्कने पक्का भएको छ ।  अखिल नेपाल फुटबल संघ एन्फासंग थप तिन वर्षका लागी सम्झौता गर्न अलमुताईरी सहमत भएका छन् ।

यो संगै उनि नेपाली फुटबलमा फर्कने पक्का भएको हो । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी तीन वर्षे सम्झौताका लागि तयार भएको बताईएको छ ।

प्रशिक्षक अलमुताइरीले सामाजिक संजालबाट आफुले सम्झौता नवीकरण गरेको बताएका छन् ।