खेलकुद

फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरी आज नेपाल फर्कंदै

१३ कार्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आज नेपाल फर्कंदै छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल फर्कन लागेको जानकारी दिएका हुन् ।

पछिल्लो पटक साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनल पुर्याएपछि उनले मूख्य प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका थिए । त्यतिबेला उनले कहिल्यै नेपाल नफर्किने पनि बताएका थिए ।

तर, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले अलमुताइरी र कतार फुटबल संघसँग सहकार्य गरेपछि उनी नेपाल फर्किएका हुन् ।

उनले युसुफ मोहम्मदसँगको तस्बिर पोस्ट गर्दै नेपाल आउने जानकारी दिएका हुन् ।