खेलकुद

काँक्रेविहार गोल्डकपः वीरेन्द्रनगर र पञ्चपुरी उपाधिका लागि भिड्दै

कर्णाली, १३ कात्तिक । वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगितामा वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिकाको टोलीबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ । आज भएको सेमिफाइनल खेलमा चिंगाड गाउँपालिकालाई ३–२ गोलअन्तरले हराउँदै वीरेन्द्रनगर अन्तिम चरणमा प्रवेश गरेको हो ।

आइतबार उपाधि विजेताका लागि वीरेन्द्रनगर र पञ्चपुरीबीच प्रतिस्पर्धा हुनेछ । कांक्रेविहार युवा क्लब सुर्खेतको आयोजनामा सञ्चालन भइरहेको यो अन्तरपालिकास्तरीय प्रतियोगिता हो । क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले गोल्डकप विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार तथा ट्रफी पाउने बताए ।