खेलकुद

जाडेन र आजमीलाई किड ट्राईथालन उपाधी

१४ कार्तिक, काठमाडौं । जाडेन श्रेष्ठ ब्वाईज् र आजमी सेरचन गल्र्स तर्फ लिटल डल्फिन्स् प्रा.लि. किड्स ट्राईथलनको उपाधी हात पार्न सफल भएका छन् । स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईयाथलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्राईयाथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि.मि. साईक्लिङ्ग र १.५ कि.मि.दौड २० मिनट ५१.६१ सेकेन्डमा पुरा गर्दै उपाधी उचालेका हुन् ।

यस्तै आजमीले उक्त दूरी २३ मिनट १८।१० सेकेन्डमा पुरा गर्दै उपाधी हात पारेकी हुन् । बिजयी खेलाडीहरुले प्रमाण पत्र, मेडल र १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे । कालोपुलस्थित वेष्ट भेन्युमा भएको प्रतियोगितामा ब्वाईज तर्फ अथर्व सिंहले दोश्रो स्थान प्राप्त गर्दा युभन लाल श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे ।

सिंहले उक्त दूरी २१ मिनट, १२.७२ सेकेन्ड र श्रेष्ठले २२ मिनट, १७.२० सेकेन्डमा पुरा गरे । यस्तै गल्र्स तर्फ परिधी भण्डारीले २५ मिनट १७.१६ सेकेन्ड र आर्या महर्जनले २६ मिनट १२.५४ सेकेन्डमा दूरी पुरा गर्दै दोश्रो र तेश्रो स्थान हात पारे ।

दोश्रो र तेश्रो स्थान हात पार्ने खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै ५ हजार र ३ हजारको गिफ्ट भौचर प्राप्त गरे । प्रतियोगितामा ब्वाईज तर्फ जोर्डन श्रेष्ठ र गल्र्स तर्फ ज्योत्सना भट्ट युवा खेलाडी घोषित भए । उनीहरुले ३ हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी काठमाण्डौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डङ्गोल, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा २२ ब्वाईज र ७ गल्र्सको सहभागिता रहेको थियो ।