खेलकुद

रहेनन् बास्केटबल सङ्घका पूर्व अध्यक्ष शेर्पा

८ मंसिर, काठमाडौं । नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व उपाध्यक्षसमेत रहेका ५० वर्षीय शेर्पाको आज बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो ।

उनि पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित थिए । उनले अमेरिका, भारत र चीनमासमेत गएर आफ्नो रोगको उपचार गराएका थिए तर त्यहाँ उल्लेनीय सुधार नभएपछि स्वदेश फर्कीएका थिए । उनि नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचि वसमेत थिए ।