विचार/ब्लग

बाँदर, ढुंगे युगदेखी २१ औं शताब्दीको इन्टरनेट युगसम्म

निशा राई /मावन जाति मात्र एक चेननशील प्राणी हो । विभिन्न काल युग पार गर्दै अहिलेसम्म आईपुग्दा मानव जातिमा अपत्यारिला परिवर्तन भएका छन् । आधुनिकताले भरिएर वैज्ञानिक युगमा आउँदा गुड्नेदेखि उड्ने यन्त्रहरु बनेका छन् । एउटा डाँडाबाट अर्को निकै टाढाको पारी डाँडा सम्म फिजारिएको जस्तो देखिने आकाश अनि बादललाई देख्दा त्यहाँ भन्दा पारि के होला है भन्दै मनमा उत्सुक्ता लिनु नपर्ने भईसकेको छ, अझ सीधै भन्नुपर्दा अहिले विश्व मानवको हातमा पुगेको छ, संसार सानो भएको छ ।
सत्य युगमा ढुंगा मुढा पनि बोल्ने गर्थे, रुखलाई काट्दा रगत आउथ्यो भन्ने सानो उमेरमा सुन्दा अचम्म र पात्याउनै नसकिने लाग्दथियो तर अहिले आएर वैज्ञानिक युगले होकी जस्तो लाग्न थालेको छ । आहिले यी विभिन्न प्रविधिले ल्याएको परिवर्तन देख्दा साँच्चै ढुुंगा बोल्थे होला जस्तो लाग्ने गर्छ । विज्ञहरुले मानवको उत्पतिबारे फरक फरक व्याख्या विश्लेषण गरेको पाइन्छ । मानव जातिको उत्पति खोज्दै जाँदा १ करोड २० लाख वर्ष अघि भएको मानिन्छ । मानव विकसित, मानव जातिको विकास भएको करिव १० लाख वर्ष मात्र भएको छ । मानव भन्दा अघि शरीरको स्वरुप बादँर जस्तै थियो भन्ने पुष्टी भईसकेको छ ।
विद्युतीय प्रविधि अन्र्तगत विकास भएको एक विश्वव्यापी सञ्जाल हो इन्टरनेट । विगतका दिनहरुमा वैज्ञानिक, इन्जिनियर, प्रध्यापकहरुमा मात्र सिमित इन्टरनेट अहिले बिश्वका झण्डै आठ अर्ब मानिसहरुले पहुँचमा पुग्ने लाईनमा छ । इन्टरनेटको पूर्ण व्यावसायिकरण सन् १९९५ मा आएर भएको सरकारी रेकर्ड छ । विभिन्न सञ्जालहरु मध्ये इन्टरनेटलाई संसारकै ठूलो सञ्जाल मानिन्छ । इन्टरनेटले शिक्षा र मनोरञ्जन क्षेत्रमा अझ धेरै टेवा पु¥याएको छ । अहिलेको आधुनिक जमानामा इन्टरनेट बिनाको संसार सायद कल्पना समेत गर्न सकिदैन । अहिले आएर हरेक क्षेत्रमा इन्टरनेट अति आवश्यक रहेको छ । विशेष गरेर टेक्निकल/प्राविधिक पढाइ हुने विद्यालय, क्याम्पस, ठूलठूला अफिसहरुमा इन्टरनेटको बढी खाँचो अर्थात आवश्यक छ । इन्टरनेटले मानिसहरुलाई परिस्थिति अनुसारको मनोरञ्जन प्रदान गरि रहेको छ । देश बिदेश वा मोफसलका महत्वपूर्ण सुचनाहरु आदान प्रदान गर्न इन्टरनेट मार्फत सरल र सहज भएको छ । पहिला पहिला चिठ्ठी पत्र लेखि परेवाको खुट्टामा बाँधेर पठाइथ्यो बिस्तारै विकास हुने क्रमसंगै हुलाकबाट चिठ्ठी पत्र पठाउने ल्याउने सुविधा आए संगै हाल अहिले एसएमस, एममएस अनेक गरि सुचना गर्न सक्ने प्रविधि आएको छ । सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम जस्ता सञ्जालहरुसंग जोडाएको छ । इन्टरनेटको माध्यमद्वारा सारा संसार मानवको हातमा छ भन्ने पुष्टी भएको छ ।
८० वर्ष पुग्नु भएका बृद्धबृद्धा आमा, बुबा होस् या भर्खरै बोली आउँदै गरेको नानीबाबुहरु सबैको हातमा स्मार्ट फोन संगै इन्टरनेट छ । इन्टरनेटकाने विकाससँगै पहिला के थियो र पछि के हुने छ भन्ने मनोविज्ञानको अध्ययन गर्न सक्ने सुविधा मिलेको छ । यति विघ्न सेवा सुविधा पाइरहँदा पनि चाहे भन्दा धेरै र चाहिने भन्दा फरक कुरामा इन्टरनेटको प्रयोग गर्नाले वा इन्टरनेटको दुरुपयोगले समाज नकरात्मक बाटो तिर दाहोे¥याइरहेको जस्तो पनि देखिन्छ । विकासको लागि विनाश हुन जरुरी छ तर यसको मतलब यो होइन की मानव परिवर्तनको लागि मानवता हराओस् । कतिपय विषयमा विश्व समाजमा नै मानवता हराएको जस्तो देखिन थालेको छ । नजिकको नातासंग टाढा टाढाको नाता संग गाढा देखिएको छ । परिवर्तनको नाममा मानव स्वार्थी बन्दै गइरहेको छ । आफ्नै घरमा भइरहेको कुरा, आफ्नो छेउमा भएको छरछिमेकको दुःख सुखका कुरा थाहा पाउँदैन, थाहा पाए पनि त्यही युटयु्व, फेसबुक, समाचारमाद्यम इत्यादि सामाजिक सञ्जालको माध्यमद्वारा थाहा पाउने समय आएको छ ।
अनि विचारा, हे भगवान्, जस्ता शब्दहरु लेखि प्रतिकृया जनाउने गरिएको छ तर खास भित्री कुरा बुझ्न मानवसँग समय नै छैन/हुदैन, हेडलाईन हेने र त्यसको तत्काल प्रतिकृया दिने गरिएको छ । जन्मदै कोहि विद्वान हुदैन भन्ने सिद्धान्त अनुसार मानव कोहि पनि जन्मदै हरेक कुरामा पोख्त भएर जन्मिएको हुदैन । त्यसैले कोक्रो दखि सुरु भइ चिहानसम्म पुग्दा सम्म सिक्दै जाने हो । यसरी सिक्दै जाने क्रममा हरेक कुराको सामाना गर्नु पर्दछ ।
नयाँ कुरा के भने विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण झनै इन्टरनेटको आवश्यकता बढ्दै गएको हो कि भन्ने पनि छलफल समाजमा चल्ने गरेको छ । विभिन्न अफिस, व्यापार व्यवसायहरुमा यसको आवश्यकता भए पनि विद्यालय र विद्यार्थीहरुको लागि अति आवश्यक बनेको हो । इन्टरनेट भन्नुपर्दा हरेक व्यक्तिलाई अनिवार्य आवश्यक्ता भईसकेको छ । महामारीको समयमा भौतिक रुपमा विद्यालय जान नसक्दा विद्यार्थीहरुले अनलाइन कक्षा पढ्नु पर्ने प्रविधिको पनि विकास भयो । ठूला ठूला राजनीतिक कार्यक्रमहरु, बैंक तथा वित्तिय संस्थाका साधारण सभाहरु पनि इन्टरनेटको जुम माद्यमबाट हुन थालेका छन् ।
सोहि क्रममा इन्टरनेटसंग कनेक्ट भएर पढ्ने भन्दा पनि बढी अनलाइन गेम, टिकटक र विभिन्न भिडियो सामाजिक सञ्जालमा पोस्ट गरि भाइरल हुन अनेक नक्कल गर्ने हुदा इन्टरनेटको नकरात्मक असर पर्न गएको देख्न सकिन्छ । विभिन्न सामाजिक सञ्जालहरु भए पनि धेरै मात्रामा सबैले फेसबुक प्रयोग गर्ने गरेको पाइन्छ । मान्य देखि सामान्य मानिसहरुले फेसबुक चलाइरहेका हुन्छौ, हामीले यसलाई सहि सदुपयोग गर्न नसक्दा समस्या बनी रहेको छ । यो सामाजिक सञ्जाल हो भन्ने थाहा हुदा हुदै पनि कतिपय गलत गरिरेका हुन्छौँ । केहि सम्झना र मनोरञ्जनको लागि भनेर फोटो भिडियो पोस्ट गर्ने गर्छौ । भाइरल हुने चाहानले भोलि गएर भविष्यमा मलाई असर गर्छ भन्ने सोच विचार नै नराखि उश्रङखल पारामा बनाइएका भिडियोहरुले एकै छिन मनोरञ्जन त दिन्छ साथै यस्ले हामीलाई असर समेत पु¥याइरहेको हुन्छ । इन्टरनेटलाई सहि तरिकाले प्रयोग गर्नले कतिपयले आम्दानीको स्रोत बनाइ जीवन चलाइरहेका छन् । टिकटक र अनलाइन गेम लाई आफ्नो पेशा जतिकै बनाइसकेका छन् । मान्छेको जन्म, मृत्यु हरेक क्रियाकलाप, उपलब्धिहरु बधाई तथा शुभकामना दिने गर्छौ । संसार लाई हातमै राखि हेर्ने अवसर पाएका छौ, विभिन्न अनलाइन गेम, फेसबुक च्याट, म्यासेन्जर, टिकटक जस्ता इन्टरनेटसंग कनेक्ट हुने कुराहरुको लत बस्ने नकरात्मक भए पनि यो आधुनिक जीवनशैली,विज्ञान प्रविधिको लागि र मानव जीवन परिवर्तनकोको लागि इन्टरनेट अपरिहार्य छ ।
इन्टरनेट मानव जीवनको अभिन्न अंग भईसकेको छ, २१ औं शताब्दीलाई इन्टरनेटको युग भन्ने गरिएको छ, अझैपनि इनटरनेट कतिपय मुलुकमा सामान्य जनताले धान्न नसक्ने अथवा महंगो छ भने गुणस्तर पनि राम्रो छैन । इनटरनेटको जमानाससम्म आईपुग्दा मानिसले धेरै नै विकासका चरणहरु पार गरिसकेको छ, मानिसले कुनै कुरान पनि असम्भव छैन भन्ने पुष्टी गरेको अवस्थामा मानिस बमाण्डको राजा नै हामी भनेर मान्न सकिने देखिन्छ । प्रकृतिलाई पनि परिवर्तन गर्ने सम्मका वैज्ञानिक सूचना प्रविधिलगायतका विकासक्रम समाजका लागि उत्साहजनक छन् ।