समाचार

आफ्नै श्रीमतीलाई आगो लगाई जलाउन खोज्ने १ जना ब्यक्ति पक्राउ

१२ चैत काठमाडौँ । आफ्नै श्रीमतीलाई आगो लगाई जलाउन खोज्ने १ जना ब्यक्ति पक्राउ परेको छ । का.जि.बुढानिलकण्ठ नगरपालिका वडा नं.१० कपन आकाशेधारा नजिकै रहेको टिनले छाएको एक तले टहराको कोठामा जिल्ला सिरहा लाहान न.पा.वडा नं.०७ स्थाई घर भएका डेरा गरी बस्ने वर्ष ४२ को प्रबिन चौधरीले आफ्नै श्रीमती वर्ष ३० की अस्मिता चौधरीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाई आगो लगाई दिएकोमा निजको डेरा नजिकै बस्ने महानगरीय प्रहरी पहरा गण सामाखुसीबाट मन्त्री निवास हरिहर भवन पुल्चोकमा कार्यरत प्र.स.नि सम्योग राईले थाहा पाई उक्त स्थानमा गई ढोको फोडी उद्दार गर्न महानगरीय प्रहरी प्रभाग कपनबाट खटिइको प्रहरी टोली र स्थानिय समेतको सहयोगमा उद्दार गरिएको छ ।
निज घाईतेलाई उपचारको लागि साँखु स्थित सुष्मा मेमोरियल अस्पतालमा लगी उपचार भई रहेको घाईतेको शरीरको बिभिन्न भागमा पोलेको अवस्था र बोल्न सक्ने रहेको छ ।
उक्त घटनामा संलग्न बर्ष ४२ को प्रबिन चौधरीलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको छ ।