समाचार

ललितपुर यातायात कार्यालयमा सेवाग्राहीलाई दु:ख हैरानी गर्ने मानिसहरु पक्राउ


१६ चैत, ललितपुर । विगत लामो समय देखि ललितपुर महानगरपालिका वडा नं.१३ कुसुन्ती स्थितमा रहेको यातायात ब्यवस्था कार्यालय, वाग्मतिको कार्यालय परिसर तथा वाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला जम्मा भई कार्यालयमा आफ्नो ब्यक्तिगतकामको लागि आउने सेवाग्राहीहरुलाई अनावश्यक रुपमा झन्झटमा पारी कार्यालयको काममा समेत वाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सर्वसाधारण मानिसहरुबाट जन गुनासो प्राप्त भएकोमा सो कार्यालय वरपर सार्वजनिक सडक वाटोमा हुल भई वसी सर्वसाधारण मानिसहरुलाई कार्यालयबाट प्राप्त गर्ने सेवाहरु प्राप्त गर्न वन्चित गराएको निम्न व्यक्तिलाई प्रहरी टोलिले पक्राउ गरी थप अनुसन्धान भईरहेको ।
पक्राउ पर्नेमा खोटाङ दिक्तेल स्थाई वतन भई हाल ललितपुर लपु.म.न.पा. वडा नम. ४ वागडोल वस्ने बर्ष १९ की इनिमाया राई, ललितपुर लपु.म.न.पा. वडा नं. १४ कुसुन्ती वस्ने बर्ष २५ की निमा लामा, उदयपुर त्रियुगा न.पा. वडा नं.९ स्थाई वतन भई हाल ललितपुर लपु.म.न.पा. वडा नं. १४ कुसुन्ती वस्ने बर्ष १९ की कुसुम दनुवार राई, ओखलढुंगा साविक रंगद्विप गा.वि.स. वडा नं. ६ स्थाई वतन भई हालललितपुर लपु.म.न.पा. जावलाखेल वस्ने वर्ष ३२ को अर्जुन विश्वकर्मा, गुल्मी रिडी न.पा. स्थाई वतन भई हाल ललितपुर लपु.म.न.पा. वडा नं. १४ कुसुन्ती वस्ने बर्ष २१ को अरुण मगर, ललितपुर लपु.म.न.पा. वडा नं. वडा नं. ४ वस्ने बर्ष ३७ को शंकर कार्की , धादिङ साविक मैदी गा.वि.स. वडा नं. ३ स्थाई वतन भई हाल ललितपुर लपु.म.न.पा. वडा नं. १८ नख्खु वस्ने बर्ष ३० को कृष्ण श्रेष्ठ, सर्लाही सविक अत्रौली गा.वि.स. वडा नं. ३ स्थाई वतन भई हाल का.जि.का.म.न.पा. कालिमाटी वस्ने बर्ष ३० को राजिब पाख्रीन, रामेछाप सुनपानी गा.पा.वडा नं. ४ स्ताई वतन भई हाल ललितपुर लपु.म.न.पा. वडा नं. वडा नं.८ वालकुमारी वस्ने वर्ष २८ को गोविन्द पाण्डें, ललितपुर.म.न.पा.वडा नं.१४ कुसुन्ती वस्ने बर्ष २४ को उमेश लामा, रामेछाप जिल्ला गोकुलकुञ्ज न.पा.वडा नं. ५ स्थाई वतन भई हाल ललितपुर लपु.म.न.पा.एकान्तकुना बस्ने वर्ष.२६ को दिलीप खड्का, उदयपुर जिल्ला त्रियुगा न.पा. गाईगाट स्थाई वतन भई हाल ललितपुर लपु.म.न.पा. वडा नं. १४ कुसुन्ती वस्ने बर्ष २४ को कुमार दनुवार राई, रामेछाप मन्थली न.पा.वडा न. १६ स्थाई वतन भई हाल ललितपुर लपु.म.न.पा. एकान्तकुना वस्ने बर्ष २७ को प्रभाकर आले मगर, काभ्रेपलाञ्चोक नमवुद्ध न.पा. वडा नं. १० स्थाई वतन भई हाल ललितपुर लपु.म.न.पा. सातदोवाटो वस्ने बर्ष २३ को दिपक घोरासैनी र ललितपुर महालक्ष्मी न.पा. वडा नं. ३ इमाडोल वस्ने बर्ष ३० को दिपेन्द्र खड्का रहेका छन् ।